डडेल्धुरामा पहिरामा परी ज्यान गुमाउनेका परिवारलाई राहत वितरण

डडेल्धुरा, ८ कार्तिक- गत साता परेको अविरल वर्षाका कारण घर माथिबाट गएको पहिरामा परी ज्यान गुमाउनेका परिवारलाई राहात वितरण गरिएको छ। घरमाथिको भीरबाट खसेको ढुङ्गा लागेर मृत्यु भएकी आलिताल गाउँपालिका–८ की ५० वर्षीया पर्वती खड्काका परिवारलाई राहत रकम उपलब्ध गराइएको छ।

प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आज घरमै पुगेर मृत्तक पार्वतीका श्रीमान् धनबहादुर खड्कालाई रु दुई लाख रकम हस्तान्तरण गरे। सङ्घीय सरकारको मापदण्डअनुसार जिल्ला विपद् व्यवस्थापन समितिले राहत रकम उपलब्ध गराउने निर्णय गरेको र सोहीअनुसार राहत रकम हस्तान्तरण गरिएको प्रजिअ जोशीले जानकारी दिए।

Navadurga sun

गत बिहीबार दिउँसो घरनजिकै काम गरिरहेका बेला माथिबाट पहिरासँगै खसेको ढुङगा लागेर पार्वती गम्भीर घाइते भएका थिए। गम्भीर घाइते उनको उपचारका लागि धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो। अन्य स्थानका बाढीपहिरो पीडितलाई पनि चाँडै राहात उपलब्ध गराइने प्रमुख जिल्ला अधिकारी जोशीले बताए। (रासस)

ADD Khali jpg
ADD Khali jpg
Loading...