अत्तरियाका विभिन्न होटलमा प्रहरी छापा, १९ जना नियन्त्रणमा

अत्तरिया- कैलालीको अत्तरियास्थित विभिन्न होटलमा प्रहरीले छापा मारेर १९ जनालाई नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरासिंह महराको नेतृत्वमा खटिएको प्रहरी टोलीले हिल्टनसहित विभिन्न होटलमा अनुगमन तथा छापा अभियान सञ्चालन गरेको हो ।

Navadurga sun

प्रहरीका अनुसार अनैतिक गतिविधिमा संलग्न रहेको आशंकामा १९ जनालाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएकामाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी योगेन्द्र तिमिल्सिनाले घटनाबारे थप अनुसन्धान जारी रहेको जानकारी दिएका छन्। पछिल्लो समय होटल तथा लजहरूमा हुने अवाञ्छित गतिविधि नियन्त्रण गर्न प्रहरीले निगरानी र अनुगमनलाई तीव्र बनाएको जनाएको छ।

यसअघि बुधबार धनगढीका विभिन्न ६ होटलमा गरिएको छापामार कारबाहीका क्रममा २४ जनालाई नियन्त्रणमा लिइएको थियो। प्रहरीले यस्ता गतिविधिविरुद्ध अभियानलाई निरन्तरता दिने तथा कानुनविपरीत कार्यमा संलग्नमाथि आवश्यक कारबाही गरिने जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...