केही प्रदेशमा वर्षा र तराईमा तातो लहरको सम्भावना

देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा आज सामान्यदेखि आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

Navadurga sun

कोशी प्रदेशका तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका एक–दुई स्थानमा चट्याङसहित वर्षा हुन सक्ने सम्भावना छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तराई क्षेत्रमा तातो लहर तथा बागमती र गण्डकीका तराईमा तातो दिन रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। अन्य अधिकांश क्षेत्रमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...