कृष्णपुरको घरदैलो स्वास्थ्य अभियान सम्पन्न, ३६ हजारभन्दा बढी नागरिक लाभान्वित

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेको ‘नागरिकसँग मेयर घरदैलो कार्यक्रम तथा नसर्ने रोगको पहिचान अभियान’ औपचारिक रूपमा सम्पन्न गरेको छ । कृष्णपुर–१ मा आयोजित विशेष समारोहबीच कार्यक्रमको समापन गरिएको हो ।

“स्वस्थ नागरिक, समृद्ध नगर—हाम्रो प्रतिबद्धता, तपाईँको साथ” भन्ने नारासहित स्वास्थ्य शाखाले सञ्चालन गरेको यस अभियानले नगरवासीको स्वास्थ्य अवस्था घरदैलोमै पुगेर पहिचान गर्ने तथा नसर्ने रोगको समयमै परीक्षण र व्यवस्थापनमा सहयोग पुर्‍याउने लक्ष्य राखेको थियो ।

Navadurga sun
Godawari sandesh

अभियानअन्तर्गत नगरका १३ हजार ८९४ घरधुरी समेटिएका छन् भने ३६ हजार ९०५ नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । सेवा लिनेहरू मध्ये ५६.५ प्रतिशत महिला र ४३.५ प्रतिशत पुरुष रहेका छन् ।

Dadeldhura hospital

कार्यक्रमका क्रममा ३६ हजार ८११ जनाको रक्तचाप परीक्षण गर्दा १ हजार ८१ जनामा उच्च रक्तचाप देखिएको छ । त्यसैगरी, ६ हजार ५७५ जनाको सुगर परीक्षण गर्दा ८१९ जनामा मधुमेह सम्बन्धी समस्या पहिचान भएको स्वास्थ्य शाखाले जनाएको छ ।

यस्तै, ५ हजार ८० जनाको पिसाब परीक्षण गर्दा ३८६ जनामा पिसाबमा सुगर, २५२ जनामा प्रोटिन तथा ६३१ जनामा पीएच असन्तुलन भेटिएको छ । साथै, ४ हजार १८२ जनामा सिकलसेल परीक्षण गरिएको छ भने १ वर्षमुनिका ६५१ बालबालिका र ४६१ सुत्केरी महिलाको स्वास्थ्य अनुगमन समेत गरिएको छ ।

नगरपालिकाका अनुसार अभियानले नसर्ने रोगको प्रारम्भिक अवस्थामै पहिचान गर्न, विपन्न नागरिकलाई उपचारसम्बन्धी जानकारी दिन, सरुवा रोगको पहिचान गर्न तथा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । घरदैलोमै स्वास्थ्य सेवा पुगेपछि नगरवासीले सहज रूपमा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्राप्त गरेका छन् ।

स्वास्थ्य शाखाले यस अभियानले नागरिकलाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्नुका साथै ‘स्वस्थ नागरिक, समृद्ध नगर’ निर्माण गर्ने नगरपालिकाको लक्ष्यलाई थप सुदृढ बनाएको जनाएको छ ।

Loading...