हसुलिया बजार क्षेत्रमा सुर्तीजन्य पदार्थ बिक्री–वितरणको अनुगमन

धनगढी- कैलालीको कैलारी गाउँपालिका–१ स्थित हसुलिया बजार क्षेत्रमा सुर्तीजन्य पदार्थको बिक्री–वितरण सम्बन्धी अनुगमन गरिएको छ।

शुक्रबार साँझ जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिना तथा कैलारी गाउँपालिकाका प्रशासकीय अधिकृत दलबहादुर धामी नेतृत्वको टोलीले बजारका करिब १५ देखि २० वटा पसलमा अनुगमन गरेको हो।

Navadurga sun

अनुगमनका क्रममा व्यवसायीहरूलाई १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई सुर्तीजन्य पदार्थ बिक्री–वितरण गर्न नपाइने कानुनी व्यवस्थाबारे जानकारी गराउनुका साथै आवश्यक सचेतना प्रदान गरिएको थियो।

कार्यक्रमको सुरक्षा व्यवस्थापनका लागि इलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी वरिष्ठ हवल्दार नरेन्द्रसिंह बिष्टको कमाण्डमा चार सदस्यीय प्रहरी टोली परिचालन गरिएको थियो।

प्रहरीका अनुसार अनुगमन कार्यक्रम शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...