धनगढी- धनगढीस्थित एसपीए कलेजकी छात्रा नीतिका अवस्थीले राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १२ को परीक्षामा व्यवस्थापन संकायतर्फ ३.९६ GPA हासिल गर्दै नेपालकै उत्कृष्ट विद्यार्थीमध्ये एक बन्न सफल भएकी छन्।



निरन्तर मेहनत, अनुशासन र अध्ययनप्रतिको समर्पणका कारण नीतिकाले देशभरका अब्बल विद्यार्थीमध्ये आफ्नो स्थान बनाउन सफल भएकी हुन्। कलेजका प्राचार्य बुधराम चौधरीले नीतिकाको सफलता एसपीए कलेजको गौरवशाली शैक्षिक परम्पराको निरन्तरता भएको बताए।


नीतिकाका बुवा टेकराज अवस्थीले छोरीको अथक मेहनत, शिक्षकहरूको प्रेरणा र उचित मार्गदर्शनका कारण यो सफलता सम्भव भएको प्रतिक्रिया दिएका छन्। स्वयं नीतिकाले पनि आफ्नै निरन्तर प्रयास तथा अनुभवी शिक्षकहरूको प्रभावकारी शिक्षण र उचित सल्लाहले उत्कृष्ट नतिजा हासिल गर्न मद्दत पुगेको बताएकी छन्।
नीतिकाको सफलता व्यक्तिगत उपलब्धिमा मात्र सीमित नभई सुदूरपश्चिम प्रदेश तथा धनगढीका विद्यार्थीहरूका लागि प्रेरणाको विषय बनेको छ। लगातार उत्कृष्ट नतिजा दिँदै आएको एसपीए कलेजले यस वर्ष पनि उल्लेखनीय सफलता हासिल गर्दै गुणस्तरीय शिक्षाको प्रतीकका रूपमा आफ्नो पहिचान थप मजबुत बनाएको छ।