आजको मौसम : पहाडी क्षेत्रमा वर्षा, तराईमा तातो लहरको सम्भावना

हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभावका कारण आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्यदेखि आंशिक बदली रहनेछ।

कोशी प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा पनि वर्षासँगै हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Navadurga sun

यता, कोशी प्रदेशको तराईका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर तथा बागमती र गण्डकी प्रदेशका तराईका केही स्थानमा तातो दिन रहने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...