घोडाघोडीमा बुद्ध प्रतिमा स्थापना तथा बौद्ध अम्बेडकर पार्कको शिलान्यास

कैलाली- सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँ ले कैलालीको घोडाघोडी नगरपालिका–१० बुलबुले मा बुद्ध प्रतिमा स्थापना तथा बौद्ध अम्बेडकर पार्कको शिलान्यास गरेका छन्।

नेपाल बौद्ध अम्बेडकर महासभा द्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी प्रदेश प्रमुख मियाँले गौतम बुद्धको प्रतिमा अनावरण गर्नुका साथै वर र पिपलका बिरुवा रोपेर वृक्षरोपणसमेत गरे।

Navadurga sun

कार्यक्रमलाई सम्बोधन गर्दै उनले सुदूरपश्चिम प्रदेश बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले सम्पन्न रहेको उल्लेख गर्दै यस्ता धार्मिक तथा सांस्कृतिक स्थलहरूले सामाजिक सद्भाव, प्रदेशको सुन्दरता र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

प्रदेश प्रमुख मियाँले बुलबुले क्षेत्रको प्राकृतिक पानीको मुहान तथा त्यहाँबाट उत्पन्न हुने बुलबुलाको दृश्य आकर्षक र आश्चर्यजनक रहेको उल्लेख गर्दै यस क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याए। साथै, पर्यटन प्रवर्द्धनका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग रहने प्रतिबद्धता पनि व्यक्त गरे।

कार्यक्रममा विभिन्न बौद्ध गुम्बाका भिक्षु, सामाजिक संघसंस्थाका प्रतिनिधि, स्थानीय अगुवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। बुद्ध प्रतिमा स्थापना र अम्बेडकर पार्क निर्माणले धार्मिक सहिष्णुता, सामाजिक एकता तथा स्थानीय पर्यटन विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...