रास्वपाको सुदूरपश्चिम प्रदेश सभापतिमा इन्जिनियर प्रकाश विष्ट निर्वाचित

धनगढी- धनगढीमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको प्रथम महाधिवेशनबाट इन्जिनियर प्रकाश विष्ट प्रदेश सभापतिमा निर्वाचित भएका छन्।

रिद्विसिद्वि पार्टी प्यालेसमा सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार विष्टले ३५८ मत प्राप्त गरी विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनक सिंह धामी ले १५४ मत प्राप्त गरेका छन्। विष्टले २०४ मतको फराकिलो अन्तर सहित नेतृत्व आफ्नो पक्षमा पार्न सफल भएका हुन्।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

प्रदेश सभापति पदका लागि विष्ट र धामीबीच प्रत्यक्ष प्रतिस्पर्धा भएको थियो। महाधिवेशन प्रतिनिधिहरूको उल्लेखनीय समर्थन प्राप्त गरेका विष्टले स्पष्ट बहुमतसहित विजय हासिल गर्दै सुदूरपश्चिममा रास्वपाको नेतृत्व सम्हाल्ने जिम्मेवारी पाएका छन्।

नवनिर्वाचित सभापति विष्टको विजयलाई सुदूरपश्चिममा पार्टी संगठन सुदृढीकरण तथा आगामी राजनीतिक रणनीति निर्माणका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। निर्वाचन समितिका अनुसार प्रदेश कार्यसमितिका अन्य पदहरूको मतगणना भने जारी रहेको छ।

प्रथम प्रदेश महाधिवेशनबाट नयाँ नेतृत्व चयनसँगै रास्वपाले प्रदेशभर संगठन विस्तार, जनसम्पर्क वृद्धि र आगामी राजनीतिक कार्यक्रमलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

Loading...