गोदावरी नगरपालिकाको पहलः जेष्ठ नागरिक र भक्तजनका लागि धार्मिक तीर्थयात्रा

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका ले जेष्ठ नागरिक तथा चौधरी–राना समुदायका भक्तजनहरूका लागि धार्मिक तीर्थयात्रा कार्यक्रम सुरु गरेको छ।

नगरपालिकाको आर्थिक सहयोगमा कौशल्यामाता सत्संग आश्रम को आयोजनामा नेपालका प्रमुख धार्मिक क्षेत्रहरू देवघाट, जनकपुरलुम्बिनी लगायतका धार्मिक स्थलहरूको भ्रमणका लागि विशेष व्यवस्था गरिएको हो।

Navadurga sun

गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट ले तीर्थयात्रामा सहभागी भलमन्सा तथा भक्तजनहरूलाई खादा लगाई बिदाइ गर्दै शुभयात्रा र सफल यात्राको कामना गरे। उनले नगरवासीको धार्मिक आस्था र सामाजिक एकतालाई थप मजबुत बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

त्यसैगरी, गोदावरी नगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का अध्यक्ष गोपालदत्त भट्ट ले पनि सम्पूर्ण सहभागी भक्तजनहरूलाई सुरक्षित, सफल र शुभ यात्राको शुभकामना व्यक्त गरे।

नगरपालिकाले सञ्चालन गरेको यस धार्मिक तीर्थयात्राले जेष्ठ नागरिकहरूलाई धार्मिक अनुभवसँगै मानसिक सन्तुष्टि, सामाजिक सम्मान र आपसी सद्भावको अनुभूति दिलाउने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...