सुदूरपश्चिमका डीआईजी ओम रानाको सरुवा, सानुराम भट्टराई नयाँ प्रमुख

धनगढी- नेपाल प्रहरीका चार जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)को सरुवा गरिएको छ। गृह मन्त्रालयको निर्णयअनुसार विभिन्न प्रदेश तथा विभागमा उनीहरूको जिम्मेवारी हेरफेर गरिएको हो।

सरुवा सूचीअनुसार डीआईजी सानुराम भट्टराई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रमुखका रूपमा खटिएका छन्। त्यस्तै, डीआईजी ओम अधिकारीलाई मधेस प्रदेश र डीआईजी गोविन्द थपलियालाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ।

Navadurga sun

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख रहेका डीआईजी ओम रानालाई भने अपराध अनुसन्धान विभागमा सरुवा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...