अत्तरिया कृषि बजारद्वारा कृषिजन्य वस्तुको बजारीकरणका लागि त्रिपक्षीय समझदारी

अत्तरिया- कैलालीको अत्तरियास्थित कृषि बजारले कृषिजन्य वस्तुको बजारीकरणलाई प्रभावकारी बनाउन त्रिपक्षीय समझदारी गरेको छ। कृषि बजारका अध्यक्ष डिल्लीराज जोशीले कृषि बजार वीरेन्द्रनगर र कृषि बजार कोहलपुरसँग ९ बुँदे समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्।

सुर्खेतको लादेमा आयोजित अन्तरप्रदेशीय कृषि बजार व्यवसायिक समन्वय बैठकमा भएको समझदारीअनुसार बजारको माग, आपूर्ति तथा मूल्य प्रवृत्तिसम्बन्धी जानकारी आदानप्रदान गरिनेछ। साथै दैनिक तथा साप्ताहिक थोक मूल्य विद्युतीय माध्यमबाट साझा गरिने व्यवस्था गरिएको छ।

Navadurga sun

समझदारीमा असल कृषि अभ्यास, बजार अनुभव तथा जानकारी आदानप्रदान, कर्मचारीको क्षमता अभिवृद्धिमा सहकार्य, मौसमी कृषि उपजको आपूर्ति शृङ्खला व्यवस्थापन तथा शीतभण्डार प्रयोगमा सहयोग गर्ने विषय समेटिएका छन्। रसायनरहित स्थानीय कृषि उत्पादनको प्रवर्द्धन तथा कृषि मेला–प्रदर्शनीमा सहभागिताका लागि पनि एकअर्कालाई सहयोग गर्ने सहमति भएको छ।

जेठ २५ गतेदेखि लागू भएको यो समझदारी २०८४ असार मसान्तसम्म कायम रहनेछ। कृषि बजारका अध्यक्ष जोशीका अनुसार उक्त समझदारीले कृषिजन्य वस्तुको बजारीकरण र किसानको बजार पहुँच विस्तारमा महत्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...