अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० वडा कार्यालयले प्रसिद्ध धार्मिक पर्यटकीय स्थल गोदावरी धामलाई आरती सामग्री सहयोग गरेको छ । आज (मंगलबार) धाम परिसरमा आयोजित एक कार्यक्रमका बीच वडा कार्यालयले धामको धार्मिक गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले आरतीका सामग्रीहरू हस्तान्तरण गरेको हो ।


‘गोदावरी धामलाई आरती वितरण कार्यक्रम’ अन्तर्गत वडा कार्यालयका तर्फबाट धामका मुख्य बाबा/पुजारीलाई आरतीका लागि विशेष रूपमा तयार पारिएका संकलित पाला (आरती स्ट्यान्ड) हरू प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै वडाका प्रतिनिधिहरूले सुदूरपश्चिमकै पवित्र तीर्थस्थलका रूपमा रहेको गोदावरी धामको साङ्गीतिक एवं आध्यात्मिक आरतीलाई थप व्यवस्थित र भव्य बनाउन यस सहयोगले ऊर्जा थप्ने विश्वास व्यक्त गरे ।
धामका तर्फबाट सामग्री ग्रहण गर्दै वडा कार्यालयले धार्मिक क्षेत्रको विकास र संरक्षणमा देखाएको चासोप्रति धन्यवाद ज्ञापन गरिएको थियो ।
गोदावरी नगरपालिका वडा नम्बर १०, खमौरा, कैलालीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।
