कैलाली चुरेमा पहिरो सम्बन्धी कृत्रिम घटना अभ्यास सम्पन्न

अत्तरिया- कैलाली जिल्लाको चुरे गाउँपालिका–५ मा नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखाअन्तर्गत सञ्चालित इकोल्याब कार्यक्रम मार्फत पहिरो सम्बन्धी जनचेतनामूलक कृत्रिम घटना अभ्यास सम्पन्न गरिएको छ।

नेपाल रेडक्रस सोसाइटी चुरे गाउँपालिका, वडा नं. ५ कार्यालय, सुरक्षाकर्मी तथा अन्य सरोकारवालाहरूको सहकार्यमा सम्पन्न उक्त सिमुलेसन अभ्यासमा इकोल्याब परियोजनाका कार्यक्रम अधिकृत लौटन चौधरीले सहजीकरण गर्नुभएको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

अभ्यासमा पूर्वसूचना प्रणाली, खोज तथा उद्धार, प्राथमिक उपचार, डाटा सङ्कलन र राहत वितरणजस्ता गतिविधिहरू समेटिएका थिए । जल तथा मौसम विज्ञान विभागबाट प्राप्त सूचनाको आधारमा सुरु गरिएको यस अभ्यासलाई तीन चरणमा विभाजन गरिएको थियो ।

कार्यक्रमको उद्देश्य प्रारम्भिक चेतावनी प्रणालीको प्रभावकारिता परीक्षण गर्नु, सरोकारवालाबीच समन्वय सुदृढ गर्नु, जोखिममा रहेका समुदायको सुरक्षित स्थानान्तरण अभ्यास गर्नु तथा राहत वितरण प्रक्रियालाई व्यवस्थित बनाउनु रहेको थियो ।

समापन कार्यक्रममा वडा अध्यक्ष बिर बहादुर धामी, सुरक्षा प्रमुख, नेरेसो उपशाखा सभापति तथा स्थानीयहरूको उपस्थिति रहेको थियो ।

Loading...