गोदावरी नगरपालिकाद्वारा ५ दिने IT तालिम सम्पन्न

अत्तरिया- गोदावरी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा आधारभूत तथा माध्यमिक तहका IT Focal Person हरूका लागि सञ्चालन गरिएको पाँच दिने IT तालिम सम्पन्न भएको छ।

मिति २०८३ जेठ २१ गतेदेखि २५ गतेसम्म सञ्चालन भएको उक्त तालिम अत्तरियास्थित दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालयको सभाहलमा आयोजना गरिएको थियो। तालिममा नगरभित्रका विभिन्न विद्यालयका IT Focal Person हरूको सहभागिता रहेको थियो।

Navadurga sun

तालिमका क्रममा सहभागीहरूलाई विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोग, डिजिटल शैक्षिक सामग्री निर्माण, विद्यालय व्यवस्थापनमा सूचना प्रविधिको उपयोग तथा वेबसाइट व्यवस्थापन सम्बन्धी व्यावहारिक ज्ञान तथा सीप प्रदान गरिएको थियो।

नगरपालिकाले यस्ता तालिमले विद्यालय शिक्षामा प्रविधिको प्रयोगलाई थप प्रभावकारी बनाउँदै शिक्षकहरूको प्राविधिक क्षमता अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...