धनगढीमा युवतीमाथि सामूहिक बलात्कारको आरोपमा तीन पक्राउ

धनगढी- धनगढी उपमहानगरपालिका–१६ बेहडाबाबामा १८ वर्षीया युवतीमाथि सामूहिक जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा २१ वर्षीय प्रदीप चन्द तथा १६ र १७ वर्षीय दुई किशोर रहेका छन्। पीडित पक्षले जेठ २१ गते राति स्थानीय खेतबारी क्षेत्रमा घटना भएको भन्दै जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो।

Navadurga sun

अस्थायी प्रहरी पोस्ट बेहडाबाबाबाट प्रहरी नायब निरीक्षक चरणसिंह बुढाथापाको नेतृत्वमा खटिएको टोलीले आइतबार उनीहरूलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई अदालतबाट सात दिनको म्याद थप गरी जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ।

पीडित युवतीको सेती प्रादेशिक अस्पताल धनगढीमा स्वास्थ्य परीक्षण गरिएको छ। पक्राउ परेकामध्ये एक जना युवतीका प्रेमी रहेको खुलेको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...