सुदूरपश्चिममा मन्त्रिमण्डल पुनर्गठन आज, कांग्रेस–एमालेका सबै मन्त्री फेरिने

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारमा आज मन्त्रिमण्डल पुनर्गठन गरिने भएको छ। सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमाले ले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई अवसर दिने निर्णय गरेका छन्।

एमालेले नयाँ मन्त्रीहरूको नामावली मुख्यमन्त्री कमलबहादुर शाह समक्ष बुझाइसकेको छ। एमालेबाट संसदीय दलका उपनेता सन्तोष शर्मा, प्रमुख सचेतक चक्र मल्ल, दमन भण्डारी र जानकी ऐर बम मन्त्री बन्ने निश्चित भएको बताइएको छ।

Navadurga sun

हाल सरकारमा रहेका एमालेका मन्त्रीहरू सुरेन्द्र पाल, वीरबहादुर थापा, हीरा सार्की तथा राज्यमन्त्री निर्मला साउद लाई सरकारबाट फिर्ता बोलाइने तयारी गरिएको छ।

यस्तै, कांग्रेसले पनि आफ्ना सबै मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको छ। हाल सरकारमा रहेका बहादुरसिंह थापा, मेघराज खड्का, प्रकाश बम र सरस्वती खड्का लाई फिर्ता बोलाइनेछ। कांग्रेसले भने नयाँ मन्त्रीहरूको नाम सार्वजनिक गरिसकेको छैन।

मुख्यमन्त्री शाहविरुद्ध केही समयअघि कांग्रेसकै ९ जना सांसदले अविश्वास प्रस्ताव दर्ता गरेका थिए। उक्त विवाद समाधान गर्दै पार्टीभित्रको असन्तुष्टि कम गर्न नयाँ टोलीलाई अवसर दिन लागिएको बताइएको छ। विद्रोही समूहका नेता दिवानसिंह विष्ट ले सरकारको कार्यसम्पादन थप प्रभावकारी बनाउन नयाँ टोली पठाउन लागिएको बताएका छन्।

मुख्यमन्त्रीको सचिवालयका अनुसार नयाँ मन्त्रीहरूको नामावली आजै सार्वजनिक गरी साँझसम्म शपथग्रहण कार्यक्रम सम्पन्न गर्ने तयारी गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...