गेटा आँखा अस्पतालमा १२ बुँदे मागसहित विरोध प्रदर्शन, संघर्ष समितिले कडा आन्दोलनको चेतावनी

अत्तरिया/लक्ष्मी भट्ट- कैलालीको गेटा आँखा अस्पतालमा देखिएका बेथिति र व्यवस्थापनसम्बन्धी समस्याहरूको विरोधमा “बेथिति विरुद्ध संघर्ष समिति” ले आज आइतबार दबाबमूलक विरोध प्रदर्शन गरेको छ । संघर्ष समितिका अध्यक्ष गणेश बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता र समर्थन रहेको बताइएको छ ।

प्रदर्शनकारीहरूले अस्पतालभित्र राजनीतिक हस्तक्षेप रोक्नुपर्ने, कर्मचारीमाथिको दमन अन्त्य गर्नुपर्ने, सेवा सुविधा तथा बढुवा प्रणाली सुनिश्चित गर्नुपर्ने लगायतका १२ बुँदे मागहरू अघि सारेका छन् । उनीहरूले अस्पतालको व्यवस्थापन सुधार नभएसम्म आन्दोलन निरन्तर रहने चेतावनी दिएका छन् ।

Navadurga sun

संघर्ष समितिले उठाएका प्रमुख मागहरूमा दीर्घबहादुर चन्द, गोविन्द जोशी, रमेशचन्द्र भट्ट र राजबहादुर चौधरीलाई बर्खास्त गर्नुपर्ने, व्यवस्थापन समितिमा ५० प्रतिशत स्थानीय सहभागिता सुनिश्चित गर्नुपर्ने, चिकित्सकहरूको तत्काल पदपूर्ति गर्नुपर्ने र हालका व्यवस्थापन समितिका सदस्यहरूको राजीनामा गरिनुपर्ने विषय समावेश छन् ।

त्यस्तै, अस्पतालभित्र हुने भनिएको गैरकानुनी ठेक्का प्रणाली अन्त्य गर्नुपर्ने, नयाँ कर्मचारी (नपुग) तत्काल नियुक्त गर्नुपर्ने, शुद्ध खानेपानी र शौचालयको व्यवस्था सुधार गर्नुपर्ने, बिरामीहरूप्रति हुने रुखो व्यवहार रोक्नुपर्ने तथा अस्पतालको आय–व्यय सार्वजनिक गर्नुपर्ने माग पनि राखिएको छ ।

आन्दोलनकारीहरूले भोलि सोमबार हातमा कालोपट्टी बाँधेर गेटमै विरोध प्रदर्शन गर्ने र माग पूरा नभए पर्सिबाट आमरण अनसन सुरु गर्ने चेतावनी दिएका छन् । कार्यक्रमको सञ्चालन संघर्ष समितिका सहसचिव गिरिराज भण्डारीले गरेका थिए ।

वक्ताहरूले अस्पतालभित्र देखिएका अनियमितता र व्यवस्थापकीय कमजोरीहरू अन्त्य नगरे कडा संघर्ष गर्न बाध्य हुने बताएका छन्। उनीहरूले यी १२ बुँदे मागहरूले अस्पतालमा विद्यमान समस्याहरूलाई उजागर गरेको दाबी पनि गरेका छन्।

यहाँ Click गर्नुहोसः गेटा आँखा अस्पतालमा देखिएका बेथिति र व्यवस्थापनसम्बन्धी समस्याहरूको विरोधमा बोल्नु हुँदै संघर्ष समितिका सहसचिव गिरिराज भण्डारी

यहाँ Click गर्नुहोसः गेटा आँखा अस्पतालमा देखिएका बेथिति र व्यवस्थापनसम्बन्धी समस्याहरूको विरोधमा बोल्नु हुँदै संघर्ष समितिका अध्यक्ष गणेश बिष्ट

यहाँ Click गर्नुहाेसः गेटा आँखा अस्पतालमा देखिएका बेथिति र व्यवस्थापनसम्बन्धी समस्याहरूको विरोधमा बोल्नु हुँदै संघर्ष समितिका सल्लाहकार समिति अध्यक्ष लोकराज पाण्डे आगो

ADD Khali jpg
ADD Khali jpg
Loading...