दार्चुलामा नगद सहित ७ जना जुवाडे पक्राउ

दार्चुला- दार्चुलामा नगदसहित ७ जना जुवाडे पक्राउ परेका छन्।

Dadeldhura hospital

दार्चुलाको महाकाली नगरपालिका–४ मोहती स्थित सोही नगरपालिका–५ बस्ने ४१ वर्षीय जय सिह ठगुन्नाले सञ्चालन गरेको गोर्खा होटलबाट जुवातास खेलिरहेको अवस्थामा होटल सञ्चालक जय सिह ठगुन्नासहित ७ जनालाई शनिवार राति प्रहरीले पक्राउ गरेको हो।

Navadurga sun
Godawari sandesh

जुवातास खेलिरहेका छन भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरीले सातै जनालाई नगद १ लाख ६२ हजार ७५० र २ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Loading...