स्वर्गीय बुवाको सम्झनामा स्वास्थ्य केन्द्रलाई मृत मानव शरीर चिस्यान यन्त्र हस्तान्तरण

अत्तरिया- स्वर्गीय साईचे सुनारको पवित्र सम्झनामा उनका छोरा शंकर सुनारले गोदावरी आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई मृत मानव शरीर चिस्यान (मोर्ट्युअरी) यन्त्र हस्तान्तरण गरेका छन्।

गोदावरी नगरपालिका वडा नं. १०, ११ र १२ का बासिन्दालाई सेवा दिने उद्देश्यले स्थापना गरिएको उक्त उपकरण नगरपालिकाको कार्यपालिका कार्यालयमार्फत औपचारिक रूपमा हस्तान्तरण गरिएको हो। स्वर्गीय साईचे सुनार (जन्म: १९९९–०५–१८, निधन: २०७९–०६–०३) को नाममा परिवारले यो सामाजिक योगदान गरेको जनाएको छ।

Navadurga sun

गोदावरी नगरपालिका–११ गौडीमा आयोजित कार्यक्रममा नगर प्रमुख बिरेन्द्र भट्ट ले विदेश तथा बाहिर रोजगारीका लागि जाने क्रम बढ्दै गएको अवस्थामा आफन्तको निधन हुँदा शव व्यवस्थापनमा समस्या हुने गरेको उल्लेख गर्दै मोर्ट्युअरी यन्त्रले शव सुरक्षित राख्न ठूलो सहयोग पुग्ने बताए। उनले अब आफन्त नआउँदासम्म शवलाई बरफमा राख्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरे।

परिवारले बुवाको सम्झनामा गरिएको यस योगदानलाई सामाजिक सेवासँग जोड्न पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि समाजका आवश्यक क्षेत्रमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। नगरपालिकाले उक्त उपकरणले स्थानीय बासिन्दालाई आपतकालीन अवस्थामा शव व्यवस्थापनमा सहजता ल्याउने विश्वास व्यक्त गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...