गेटा आँखा अस्पतालका आन्दोलनरत कर्मचारीका माग एक साताभित्र सम्बोधन गरिने

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–५ स्थित गेटा आँखा अस्पताल मा आन्दोलनरत कर्मचारीका माग एक साताभित्र सम्बोधन गरिने सहमति भएको छ।

कञ्चनपुर–३ का प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र महता को पहलमा अस्पतालमा भएको छलफलपछि उक्त सहमति भएको हो। अस्पतालका निर्देशक डा. सुरेश पन्त ले अस्पतालको अधिकार क्षेत्रभित्र पर्ने मागहरू एक साताभित्र पूरा गरिने र अन्य मागहरू नेपाल नेत्र ज्योति संघ को केन्द्रीय कार्यालयमा सिफारिस गरिने बताएका छन्।

Navadurga sun

अस्पतालका तल्लो तहका कर्मचारीहरू वैशाख ३० गतेदेखि विभिन्न ११ बुँदे माग राख्दै आन्दोलनमा छन्। उनीहरूले गत वर्षको बजेटमा वृद्धि गरिएको ३ हजार रुपैयाँ महँगी भत्ता तत्काल उपलब्ध गराउन, सार्वजनिक बिदाका दिन काम गर्ने कर्मचारीलाई दैनिक भत्ता दिन, स्थायी नियुक्ति तथा बढुवाका स्पष्ट मापदण्ड बनाउन र दुई कर्मचारीलाई दिइएको स्पष्टीकरण पत्र फिर्ता लिन माग गरेका छन्।

यस्तै, रिक्त वार्ड इन्चार्ज पदपूर्ति, विभिन्न आँखा अस्पताल तथा सर्जिकल सेन्टरमा आवश्यक विशेषज्ञ जनशक्ति व्यवस्थापन, तालिममा समान अवसर, जोखिम भत्ता, नियमित कर्मचारी बैठक, तालिम प्रमाणपत्र उपलब्ध गराउने तथा संस्थामा पारदर्शिता र सुशासन कायम गर्नुपर्ने माग पनि अघि सारिएको छ।

कर्मचारीहरूले एक साताभित्र सहमति अनुसार माग पूरा नभए पुनः आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...