गोदावरी १० मा भोलिदेखि सडक कालोपत्रे गरिने, वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध

प्रकाशबहादुर बोहरा/अत्तरिया, २० जेठ- कैलालीको गोदावरी नगरपालिका वडा नं. १० मा पर्ने एक महत्वपूर्ण सडक खण्ड भोलिदेखि कालोपत्रे (पिच) गरिने भएको छ । चौकिडाडा-फल्टुडे सडक अन्तर्गत मालाखेती खानेपानी टङ्कीदेखि वडा नं. १० को कार्यालयसम्मको सडक खण्डमा निर्माण व्यवसायी (ठेकेदार) पक्षबाट कालोपत्रे कार्य सुरु हुन लागेको हो ।

गोदावरी नगरपालिका १० नं. वडा कार्यालय, खमौराले आज बुधबार एक सूचना जारी गर्दै भोलि (बिहीबार) गतेदेखि उक्त सडक खण्डमा पिच गर्ने कार्य सञ्चालन हुने जानकारी दिएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सडक कालोपत्रे गर्ने काम सुरु हुने भएपछि उक्त अवधिभर सो सडक खण्डमा सम्पूर्ण सवारी साधनहरूको आवतजावत बन्द गरिएको छ । निर्माण कार्यलाई सुरक्षित र प्रभावकारी रूपमा सम्पन्न गर्नका लागि सवारी साधन आवत-जावत नगर्न र नगराउन वडा कार्यालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

सडक बन्द रहने समयमा सर्वसाधारणको सहजताका लागि वैकल्पिक मार्गको प्रयोग गर्न सुझाइएको छ । वडा कार्यालयका अनुसार उक्त मार्ग बन्द रहँदा सम्पूर्ण सरोकारवालाहरूले मोहना सिचाई प्रणालीको नहर पूर्वको ग्राभेल सडकलाई वैकल्पिक बाटोको रूपमा प्रयोग गर्न सक्नेछन् ।

वडा अध्यक्ष रविन्द्र शाहीद्वारा जारी गरिएको उक्त सूचनामा विकास निर्माणको कार्यमा सहयोग पुर्‍याउन र यात्राका क्रममा वैकल्पिक बाटो प्रयोग गरी असुविधाबाट बच्न सम्पूर्ण सर्वसाधारण तथा सरोकारवालाहरूमा अपिल गरिएको छ ।

Screenshot

 

Loading...