धनगढीमा रासस प्रदेश कार्यालय भवन निर्माण शुभारम्भ

धनगढी- धनगढीस्थित राष्ट्रिय समाचार समिति (रासस) प्रदेश कार्यालयको नयाँ भवन निर्माण कार्य सुरु भएको छ। सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हीरा सार्कीले आज एक कार्यक्रमबीच भवनको शिलान्यास गरेका हुन्।

शिलान्यास कार्यक्रममा मन्त्री सार्कीले भवन निर्माणपछि राससको समाचार सम्प्रेषण कार्य अझ प्रभावकारी हुने तथा सुदूरपश्चिमको पत्रकारिता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे। उनले प्रदेश सरकारको लगानीमा निर्माण हुन लागेको भवन समयमै सम्पन्न हुने अपेक्षा गर्दै आगामी दिनमा पनि राससलाई आवश्यक सहयोग जारी रहने बताए।

Navadurga sun

करिब रु २ करोड ३० लाख लागत अनुमान गरिएको साढे दुईतले भवन निर्माणका लागि चालु आर्थिक वर्षमा रु ७० लाख बजेट विनियोजन गरिएको छ। भवन निर्माणको ठेक्का पूर्वी हिमशिखर कन्ट्रक्सन कैलालीले पाएको छ। जीर्ण अवस्थामा पुगेको पुरानो भवनको स्थानमा नयाँ भवन निर्माण हुन लागेको हो।

ADD Khali jpg
ADD Khali jpg
Loading...