कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद

धनगढी- दुई जिल्ला कैलाली र कञ्चनपुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको बिभिन्न स्थानबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ९८ हजार ५ सय बराबरको कपडा, मल, मिठाई, सिद्रा माछा, प्लाष्टिक झिल्ली लगायतका सामानरु सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी आवश्यक प्रक्रिया पुरा गरि नियन्त्रणमा लिएको हो ।

Navadurga sun

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी मूल्य १ लाख ६४ हजार ५३० बराबरको चिनी, मिश्री, बिभिन्न किसिमका कपडा, चप्पल लगायतका सामान सोमबार इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...