

धनगढी- सुदूरपश्चिम प्रदेशका तीन प्रादेशिक अस्पताललाई एक सय शय्यामा स्तरोन्नति गरिने भएको छ । प्रदेश सरकार मातहत रहेका सेती, महाकाली र टीकापुर अस्पताललाई एक सय शय्यामा स्तरोन्नति गरिने भएको हो ।



प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्दै प्रदेश प्रमुख नजिर मियाँले यस्तो जानकारी दिएका हुन् ।


यस्तै, छ पहाडी जिल्लामा रहेका जिल्ला अस्पताललाई २५ देखि ५० शय्यामा स्तरोन्नति गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।