गोदावरी नगरपालिका १० मा टोल भेला हुने, योजना तथा कार्यक्रमका लागि प्रस्ताव माग

प्रकाशबहादुर बोहरा/अत्तरिया- कैलाली गोदावरी नगरपालिका वडा नं. १० को वडा कार्यालयले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि योजना तथा कार्यक्रमहरू छनोट गर्न टोल भेला आयोजना गर्ने भएको छ । वडा कार्यालयले एक सूचना जारी गर्दै वडाभित्र कार्यान्वयन गरिने विकास निर्माणका योजना तथा कार्यक्रमहरूको आयोजना प्रस्ताव फाराम भर्नका लागि सम्पूर्ण सरोकारवाला तथा वडाबासीहरूलाई भेलामा उपस्थित हुन अनुरोध गरेको छ ।

वडा अध्यक्ष रविन्द्र शाहीद्वारा हस्ताक्षरित सूचना अनुसार, वडा सदस्यहरूको संयोजकत्वमा विभिन्न मिति, समय र स्थानमा टोल भेलाहरू सञ्चालन हुनेछन् ।

Navadurga sun
Godawari sandesh

टोल भेलाको विस्तृत विवरण यस प्रकार छ:

१. मिति: २०८३ जेठ १९ गते

  • बिहान ०८:०० बजे: आदर्श युवा क्लबको भवन, खमौरा

  • बेलुका ५:०० बजे: ग्वासी घण्टेश्वर सामुदायिक भवन, खमौरा

  • सम्पर्क व्यक्ति: वडा सदस्य श्री शेर बहादुर तामाङ (मो.नं. ९८६८७९४७५४)

Dadeldhura hospital

२. मिति: २०८३ जेठ २० गते

  • बिहान ०८:०० बजे: सितापुर चौराहा

  • बेलुका ५:०० बजे: भागेश्वरी टोल सान्निकोट मन्दिर

  • सम्पर्क व्यक्ति: वडा सदस्य श्री जित बहादुर जैगडी (मो.नं. ९८४८४४३९१६)

३. मिति: २०८३ जेठ २१ गते

  • बिहान ०८:०० बजे: शिवरामपुर टोल शिव मन्दिर

  • बेलुका ५:०० बजे: मिलन चोक दमैरा

  • सम्पर्क व्यक्ति: वडा सदस्य श्री बन्दना सुनार (मो.नं. ९८६८४०५१४५)

वडाको समग्र विकास र आवश्यकता अनुसारका योजनाहरू छनोट गर्नका लागि यो भेला महत्वपूर्ण हुने भएकाले आ-आफ्नो टोलको भेलामा सक्रिय सहभागी भई योजना प्रस्ताव गर्न वडा कार्यालयले सम्पूर्ण वडाबासीहरूमा हार्दिक अपिल गरेको छ ।

Loading...