‘किनार’ कथासंग्रहमाथि अत्तरियामा अन्तरक्रिया सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका–१ अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा साहित्यकार पुष्प राज पाण्डेय कृत कथासंग्रह किनार माथि आइतबार छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

पुस्तकालयका अध्यक्ष भुपेश जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कृतिको समालोचनात्मक विश्लेषण गरिएको थियो । कार्यक्रममा सह–प्राध्यापक सीताराम भट्ट, डा. तुलसी शर्मा, नारायण दत्त अवस्थी, साहित्यकार लक्षीराम आचार्य, खेम बतास, पूर्व सह–प्राध्यापक तीर्थराज जोशी तथा सहायक क्याम्पस प्रमुख पदम प्रकाश साउँद लगायतले कृतिमाथि आफ्नो धारणा व्यक्त गरेका थिए ।

Navadurga sun

कार्यक्रममा पुस्तकालयका पदाधिकारी, सल्लाहकार, पाठक तथा स्थानीय साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो । लेखक पाण्डेयले कृतिको रचनागर्भ प्रस्तुत गर्दै सहयोग र सहभागिताप्रति आभार व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन साहित्यकार खेम बतासले गरेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...