लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको सम्भावना, तराईमा हावाहुरीको चेतावनी

नेपालमा हाल उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा नेपाल नजिक रहेको न्यून चापीय रेखाको प्रभाव देखिएको छ। यसका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अधिकांश हिमाली तथा पहाडी क्षेत्रमा बदली भएको छ भने केही स्थानमा वर्षा भइरहेको छ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश तथा केही तराई क्षेत्रमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

Navadurga sun

आज राति पनि कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन्। मौसम प्रतिकूल हुन सक्ने भएकाले यात्रा, कृषि तथा बाहिरी गतिविधि गर्दा आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...