कृष्णपुर–१ मा योग भवन निर्माण अन्तिम चरणमा, ९० प्रतिशत काम सम्पन्न

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ दोमिल्लामा निर्माणाधीन योग भवनको काम अन्तिम चरणमा पुगेको छ। वडा कार्यालय र नगरपालिकाको संयुक्त रु १८ लाख लगानीमा निर्माण भइरहेको भवनको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको जनाएको छ।

Ganyapdhura gau

वडाध्यक्ष मोहन बस्नेतका अनुसार नागरिकलाई योग, व्यायाम तथा स्वस्थ जीवनशैलीतर्फ आकर्षित गर्ने उद्देश्यले भवन निर्माण गरिएको हो। भवनलाई बहुउद्देश्यीय रूपमा प्रयोग गर्न मिल्ने गरी निर्माण भइरहेको छ। बिहान–बेलुका योग तथा व्यायामका लागि प्रयोग हुने भवन दिउँसो सामाजिक, सामुदायिक कार्यक्रम, सभा, गोष्ठी तथा तालिम सञ्चालनका लागि समेत उपयोग गर्न सकिनेछ।

Navadurga sun
Dadhaldhura pur

भवनलाई आवश्यकता अनुसार पार्टी प्यालेसका रूपमा समेत प्रयोग गर्न सकिने गरी संरचना तयार पारिएको वडाध्यक्ष बस्नेतले बताए। स्थानीयस्तरमा यस्ता कार्यक्रम सञ्चालनका लागि उपयुक्त स्थानको अभाव रहेको अवस्थामा भवनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

वडा कार्यालयले भवन परिसरको खुला चौरलाई भविष्यमा पार्कका रूपमा विकास गर्ने योजना पनि अघि सारेको छ। सीमित बजेटका कारण सबै संरचना एकैपटक निर्माण गर्न नसकिए पनि आगामी वर्षहरूमा आवश्यक पूर्वाधार थप्दै क्षेत्रलाई व्यवस्थित बनाउने र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य रहेको जनाइएको छ।

स्वास्थ्यकर्मी योगेन्द्र साउँदले योग भवन निर्माण सम्पन्न भएपछि नियमित योग तथा व्यायाम गर्ने स्थानीयवासीलाई थप सहजता हुने बताए। हाल स्थानीयवासी खुला चौरमै योग अभ्यास र व्यायाम गर्दै आएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...