बैजनाथ सिद्धनाथ मन्दिरको प्राङ्गण भरान तथा घेरपर्खाल निर्माण कार्य सुचारु, सहयोगदाताप्रति आभार

अत्तरिया- कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, बंकस्थित श्री बैजनाथ सिद्धनाथ मन्दिरको प्राङ्गण भरान तथा घेरपर्खाल निर्माण कार्य सुचारु रूपमा सञ्चालन भइरहेको छ। मन्दिर व्यवस्थापन समितिले उक्त कार्यमा सहयोग पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थाप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ।

समितिका अनुसार कृष्णपुर नगरपालिकाले प्राङ्गण भरानका लागि आवश्यक सवारी साधनको व्यवस्था गरेको छ भने वडा नं. २ कार्यालयले घेरपर्खाल निर्माणका लागि रु. १ लाख ५० हजार बजेट विनियोजन गरेको छ।

Navadurga sun

त्यसैगरी मछेली खोलाका ठेकेदार टोली तथा बाइबल चन्दले निर्माणका लागि आवश्यक गिट्टी र बालुवा सहयोग गरेका छन्। यज्ञराज पन्तले १,५०० थान, गंगादत्त पन्तले १,२०० थान र भानबहादुर महराले १,१०० थान इटा सहयोग गरेका छन्।

मन्दिर समितिले घेरपर्खाल निर्माण कार्य सम्पन्न गर्न अझै केही इटा र सिमेन्ट आवश्यक रहेकाले सहयोग गर्न इच्छुक भक्तजन तथा शुभेच्छुकहरूलाई समितिसँग सम्पर्क गरी सहयोग गर्न अनुरोध गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...