सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा लिलाधर बास्कोटा नियुक्त

अत्तरिया- सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सदस्यमा लिलाधर बास्कोटा नियुक्त भएका छन्।

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान ऐन, २०७६ (पहिलो संशोधनसहित) को दफा ८ को उपदफा (१) बमोजिम गठित सिफारिस समितिले जेठ १२ गते बास्कोटालाई प्राज्ञ सदस्यमा नियुक्त गरेको हो। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानमा प्राज्ञ सदस्य नियुक्तिको व्यवस्था ऐनमार्फत गरिएको छ।

Navadurga sun

राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठानका अध्यक्षसमेत रहेका बास्कोटा विगत ३५ वर्षदेखि सुदूरपश्चिमको कला, संस्कृति तथा लोकपरम्पराको संरक्षण र प्रवर्द्धनमा सक्रिय रहँदै आएका छन्।

कैलालीको अत्तरियाका स्थानीय बास्कोटा दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालय मा शिक्षकका रूपमा समेत कार्यरत छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...