कञ्चनपुरमा बाघको आक्रमणबाट नाबालकसहित चार जना घाइते

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत कालिकिच नजिक बाघको आक्रमणबाट एक नाबालकसहित चार जना घाइते भएका छन्।मंगलबार साँझ महेन्द्रनगरबाट बेलडाँडीतर्फ जाँदै गरेको मोटरसाइकललाई निकुञ्ज क्षेत्रको हुलाकी सडकमा बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ।

आक्रमणपछि मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा बेलौरी नगरपालिका–९ खजुवाका वीरेन्द्र ठगुन्ना, उनकी श्रीमती कल्पना ठगुन्ना, अढाई वर्षीय छोरा रियान्स तथा १४ वर्षीया भान्जी आरुसी साहु घाइते भएका हुन्।

Navadurga sun

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख नेत्रमणि गिरी का अनुसार चालक ठगुन्नाको हात, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको छ भने अवस्था सामान्य रहेको छ। श्रीमती कल्पना र छोरा रियान्सको टाउको, अनुहार तथा खुट्टामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, आरुसी साहुको टाउको, अनुहार र हातमा गम्भीर चोट लागेको बताइएको छ। घाइतेहरूको प्रारम्भिक उपचार महाकाली प्रादेशिक अस्पताल मा गरिएको थियो। त्यसपछि थप उपचारका लागि उनीहरूलाई माया मेट्रो अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...