डडेल्धुरामा रुखबाट खसेर शिक्षिकाको मृत्यु

डडेल्धुरा- डडेल्धुरामा रुखबाट खसेर एक बालविकास शिक्षिकाको मृत्यु भएको छ। जिल्लाको अजयमेरु गाउँपालिका–१ खतेडाकी ३७ वर्षीया लक्ष्मी भण्डारीको आइतबार घाँस काट्ने क्रममा रुखबाट लडेर मृत्यु भएको हो ।

Dadeldhura hospital

भण्डारी घनघस्या माध्यमिक विद्यालय, खतेडामा बालविकास शिक्षिकाका रूपमा कार्यरत रहेको विद्यालयका लेखापाल रविन्द्र भण्डारीले बताए । घर नजिकै घाँस काट्न रुखमा चढ्नुभएकी उनी अचानक खसेर गम्भीर घाइते भएकी थिइन्।

Navadurga sun
Godawari sandesh

घटनापछि उपचारका लागि अस्पताल लैजाने तयारी भइरहेका बेला उनको मृत्यु भएको विद्यालय परिवारले जनाएको छ । खतेडा क्षेत्र दुर्गम ग्रामीण बस्तीका रूपमा परिचित छ, जहाँबाट उपचारका लागि जिल्ला सदरमुकामस्थित डडेल्धुरा अस्पताल पुग्न कठिन हुने गरेको स्थानीयले बताएका छन् । खतेडाबाट अस्पतालसम्म पुग्न करिब दुई घण्टा समय लाग्ने गरेको जनाइएको  छ ।

स्थानीयवासीले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा र यातायात पहुँच अभावका कारण यस्ता घटनामा समयमै उपचार पाउन कठिन हुने समस्या रहेको बताएका छन् ।

Loading...