आर्थिक वृद्धिदर हासिल गर्ने स्पष्ट योजना सरकारसँग छैन : एमाले प्रमुख सचेतक महर

धनगढी- ऐन महर ले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गरेका छन्। प्रेस चौतारी नेपाल कैलालीले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले सरकार “उल्टो गतिमा हिँडिरहेको” टिप्पणी गरे।

Ganyapdhura gau

उनका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले युवाको मुद्दा र पुस्तान्तरणको एजेन्डाबाट जनमत प्राप्त गरे पनि पछिल्ला गतिविधि सन्तोषजनक नभएका छन्। “सरकार टाउकोले टेकेर उल्टो बाटोमा हिँडिरहेको छ, यसरी गन्तव्यमा पुग्न सकिँदैन,” उनले भने।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

महरले सरकारले लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रियताप्रति अपेक्षित प्रतिबद्धता नदेखाएको आरोप लगाए। विदेशमा रहेका नेपालीलाई फर्काउने आश्वासन पूरा नभएको र दैनिक रूपमा नेपाली विदेशिने क्रम बढिरहेको उनले बताए। साथै, आर्थिक वृद्धि, शिक्षा र स्वास्थ्य क्षेत्रमा स्पष्ट योजना अभाव रहेको उनको भनाइ छ।

उनले छोटो समयमै मन्त्री फेरबदल हुनुले सरकार अस्थिर देखिएको उल्लेख गर्दै कानुनी राज्यको कार्यान्वयन कमजोर भएको आरोप लगाए। सुकुम्बासी बस्तीमा गरिएको बल प्रयोगप्रति असन्तुष्टि जनाउँदै उनले पहिचानपछि मात्र व्यवस्थापन गर्नुपर्ने बताए।

महरले सरकारले जनताको आवाज नसुने संसद र सडक दुवैबाट खबरदारी गर्ने चेतावनी दिए। साथै, नेकपा एमाले भित्र बाहिर चर्चा गरिएजस्तो कुनै विवाद नरहेको स्पष्ट पारे।

Couple
Loading...