सामाजिक सञ्जालको चमत्कार: हराएका छोरा जीवित भेटिए, परिवारमा खुसीयाली

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका–१२का डम्बरबहादुर नेगीको परिवारमा १८ वर्षपछि हराएका छोरा जीवित रहेको खबरले खुसी छाएको छ। रोजगारीका लागि भारत गएका दीपक नेगी लामो समयदेखि सम्पर्कविहीन भएका थिए।

Dadeldhura hospital

भारतको लेह–लद्दाख क्षेत्रमा काम गरिरहेका एक नेपालीले दीपकसँग भेट गरी उनको भिडियो सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेपछि परिवारले उनको अवस्थाबारे जानकारी पाएको हो।

Navadurga sun
Godawari sandesh

दीपक मानसिक रूपमा केही अस्वस्थ रहेको बताइएको छ र हाल उनको उपचार भइरहेको छ। परिवारले उनीसँग भिडियो कलमार्फत संवाद सुरु गरिसकेको छ।

दीपकका दाजु र भाउजू वैशाख २० गते लद्दाख पुगेर उनलाई घर ल्याउने तयारीमा रहेका छन्। वडा कार्यालय र प्रहरीको समन्वयमा परिवारलाई सूचना उपलब्ध गराइएको हो। वर्षौँदेखि हराएका व्यक्ति भेटिनुमा सामाजिक सञ्जालको सकारात्मक प्रयोगले महत्वपूर्ण भूमिका खेलेको देखिएको छ।

Loading...