किसान बहुउद्देश्यीय सहकारीद्वारा मृतक सदस्यको परिवारलाई राहत हस्तान्तरण

अत्तरिया- किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पथरैया शाखाले मृतक शेयर सदस्य रमदैयादेवी डगौराको परिवारलाई राहतस्वरूप २ लाख ३५ हजार रुपैयाँ प्रदान गरेको छ।

बुधबार जानकी गाउँपालिका–५ अमौरामा आयोजित कार्यक्रममा उक्त राहत रकम हस्तान्तरण गरिएको हो। कार्यक्रममा संस्थाका जोशीपुर इलाका प्रमुख भरतबहादुर रावलको अध्यक्षता तथा भीमबहादुर चौधरीको प्रमुख आतिथ्यता रहेको थियो।

Navadurga sun

कार्यक्रममा सहभागीहरूले दिवंगत डगौराप्रति श्रद्धाञ्जली व्यक्त गर्दै विपत्तिको समयमा सहकारी संस्थाले गरेको सहयोगको प्रशंसा गरेका थिए।

ADD Khali jpg
ADD Khali jpg
Loading...