मुख्यमन्त्री शाह द्वारा सन्तुलित बजेट निर्माणको घोषणा

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह ले प्रदेश सरकारले सन्तुलित बजेट निर्माण गर्ने बताएका छन्। शुक्रबार आयोजित दुई दिने अभिमुखिकरण कार्यशालाको समापन कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि आवश्यकता र प्राथमिकताका आधारमा बजेट विनियोजन गरिने जानकारी दिए।

उनले २५ लाख रुपैयाँभन्दा कम लागतका आयोजनामा बजेट नदिने तथा उपभोक्ता समितिमार्फत काम नगर्ने निर्णय गरिएको बताए। तर, खरिद ऐन र नियमावलीका कारण कार्यान्वयनमा चुनौती देखिएको पनि उल्लेख गरे।

Navadurga sun

यसैबीच, कैलाली जिल्लासभा समारोह उद्घाटन गर्दै उनले जनताका गुनासालाई सम्बोधन गर्न स्थानीय तहसँग सहकार्य आवश्यक रहेको बताए। उनले तीनै तहका सरकारबीच समन्वय, छलफल र सहमति गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...