गोदावरी–११ मा नयाँ पहल, टोलमै पुगेर सामाजिक सुरक्षा भत्ताको खाता खोलिने

अत्तरिया- गोदावरी नगरपालिका वडा नं. ११ ओलानीका बासिन्दालाई सामाजिक सुरक्षा भत्ता सहज रूपमा उपलब्ध गराउन टोल-टोलमै पुगेर बैंक खाता खोल्ने व्यवस्था मिलाइएको छ।

नगरपालिकाले २०८३ श्रावण १ गतेदेखि लागू हुने गरी रिलायन्स फाइनान्स लिमिटेड (शाखा अत्तरिया) सँग सम्झौता गरेपछि यो प्रक्रिया अघि बढाइएको हो।

Navadurga sun

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीका अनुसार, वडाका धेरैभन्दा धेरै लाभग्राहीलाई समेट्न बैंकसँग आवश्यक समन्वय गरी वडा तथा टोलमै पुगेर खाता खोल्न लागिएको हो। यसका लागि नगरपालिकाले ११ नं. वडा कार्यालयलाई बैंकको टोलीलाई आवश्यक सहयोग गर्न निर्देशनसमेत दिएको छ।

समन्वयका लागि सम्पर्क नम्बरहरू:

रिलायन्स फाइनान्स शाखा प्रबन्धक: ९७६७२७५५६

वडा अध्यक्ष: ९७६९००४७४९

गाउँमै खाता खोल्ने व्यवस्था भएपछि स्थानीय वृद्धवृद्धा, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिहरूलाई बैंकसम्म धाउनुपर्ने बाध्यता हट्नेछ।

ADD Khali jpg
ADD Khali jpg
Loading...