कैलालीको गोदावरी धाममा भव्य रामजानकी मन्दिर निर्माण तीव्र

अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नं. ४ स्थित गोदावरी धाम मा भव्य रामजानकी मन्दिर निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। भिमदत्त पन्त राजमार्ग नजिकै निर्माण भइरहेको मन्दिर भविष्यमा धार्मिक तथा पर्यटकीय केन्द्र बन्ने अपेक्षा गरिएको छ।

हनुमान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र बहादुर शाही का अनुसार २०७४ सालको रामनवमी मा शिलान्यास गरिएको मन्दिर हाल ५० प्रतिशत सम्पन्न भइसकेको छ। ५ करोड ९३ लाख लागत अनुमान गरिएको परियोजनामा स्थानीय र प्रदेश सरकारसँगै दाताहरूको सहयोग रहेको छ।

Navadurga sun

२०८४ सालमा हुने गोदावरी महाकुम्भ मेला लाई लक्षित गरी निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको भए पनि आर्थिक अभाव चुनौती बनेको छ। मन्दिर परिसरमा रामायण सङ्ग्रहालय र नौ शक्तिपीठ स्थापना गर्ने योजना समेत रहेको छ।

निर्माण सम्पन्न भएपछि यो मन्दिर सुदूरपश्चिमको धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवर्द्धनको प्रमुख केन्द्र बन्ने विश्वास गरिएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...