डडेल्धुरामा बस पल्टिँदा १६ जना घाइते

Dadeldhura hospital

डडेल्धुरा, २६ असाेज– धनगढीबाट बाजुरा जाँदै गरेको ना ७ ख १७४ नम्बरको बस केआईसिंह राजमार्गअन्तर्गत डडेलधुराको अमरगढी नगरपालिका वडा न‌ं. १० राईबजार नजिकै दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

घाइते हुनेमा ६ महिला, २ बालबालिका र ८ पुरुष छन् । घाइतेहरूको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको र उनीहरू सबैको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले जानकारी दिए । ब्रेक फेल भएर बस नालीमा पल्टिएको थियो । सडकमा उत्तानो परेको बसका कारण केहीबेर सडक अवरूद्ध हुन गएकाे थियाे ।

Loading...