अत्तरिया दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले स्नातक तथा स्नातकोत्तरमा छात्रवृत्ति खुला

अत्तरिया- कैलालीको अत्तरियामा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसले यस शैक्षिक सत्रका स्नातक तथा स्नातकोत्तर तह प्रथम सेमेष्टरमा अध्ययनरत विद्यार्थीहरूका लागि छात्रवृत्ति आवेदन खुलाएको छ । क्याम्पसले आज (बिहीबार) एक सूचना जारी गर्दै आवेदन बुझाउने अन्तिम मिति २०८२ फागुन २९ गतेसम्मलाई तोकिएको छ ।

छात्रवृत्ति आवेदन फाराम लेखा शाखाबाट रु १० तिरी प्राप्त गर्न सकिनेछ । स्नातक तहका विद्यार्थीहरूले +2 को ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाण पत्रको प्रतिलिपि र SEE को मार्कसिटको प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।

godawari10 Mahila hinsa
Navadurga sun
Dadeldhura hospital

स्नातकोत्तर तहका विद्यार्थीहरूले स्नातक तहको ट्रान्सक्रिप्ट, चारित्रिक प्रमाण पत्रको प्रतिलिपि, +2 को ट्रान्सक्रिप्ट र SEE को मार्कसिटको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

कुनै संघ/संस्थाबाट सिफारिश भएमा त्यसको सिफारिश पत्र पनि संलग्न गर्न सकिनेछ । विद्यार्थीहरूले अधिकतम दुई शीर्षकमा मात्र आवेदन दिन सक्नेछन् र छात्रवृत्ति दोहोरिने छैन । 

विश्वविद्यालय अनुदान आयोग वा अन्य संघसंस्थाबाट छात्रवृत्ति प्राप्त विद्यार्थीलाई क्याम्पसबाट छात्रवृत्ति प्रदान हुनेछैन । क्याम्पसका संयोजक, छात्रवृत्ति समितिका माला भण्डारीको हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ । 

Loading...