एकल महिलालाई आत्मनिर्भर बनाउन सीपमूलक तालिम

हरिश चन्द/डडेल्धुरा- डडेल्धुरा जिल्लाका एकलमहिलालाई आत्मनिर्भर बनाउने कार्यक्रमलाई उच्च प्राथमिकता दिएको छ । यसका लागि सीपमूलक तालिम सञ्चालन गरिराखेको छ । महिलालाई विभिन्न आयआर्जन काम गर्न सहज होस् भन्ने ध्येयले सीपमूलक तालिम सञ्चालमा प्राथमिकता दिएको समाजिक विकास कार्यालयका प्रमुख मिन बहादुर लामिछानेले  बताउनु भयो  ।

‘उहाँले बेरोजगारी समस्यालाई ध्यान दिएर एकलमहिलालाई छनोट गरेर आधारभूत तहको तालिम दिएका हौं, यसबाट उनिहरुको आर्थिक अवस्थामा सुधार हुने अपेक्षा गरेको छु ।’  

Navadurga sun

सातदिने व्यावसायिक सीप विकास अन्तगत आर्थिक स्थिति कमजोर भएका तथा एकल महिलाहरुलाई सहभागी गराइएको र स्वस्थ पोषण तरकारी खेतीको महत्व, तरकारीमा गहुँतको प्रयोग, मौसमी र बेमौसमी तरकारी खेती प्रविधि लगायतका विषयमा छलफल भएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय सामाजिक विकास कार्यालय डडेल्धुरा आयोजनामा सात दिने तालिम सम्पन्न भएको हो ।

तालिममा सहभागी महिलाहरुको आर्थिक स्थिति सुधार र आयआर्जनका लागि सामाजिक विकास कार्यालय डडेल्धुराले अनुदानस्वरुप तरकारिका बिउ भिजन पोली ब्याग सहयोग उपलब्ध गराएको छ । तालिममा अमरगढी नगरपालिका भित्रका ११ वडाका २५जना एकल महिलाहरुको सहभागिता रहेको थियो । 

ADD Khali jpg
ADD Khali jpg
Loading...