दुर्गालक्ष्मी क्याम्पसमा सोवियुद्वारा नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न

प्रकाश बोहरा/लक्ष्मी भट्ट/अत्तरिया- कैलालीको गोदावरी नगरपालिका वडा नम्वर २ मा रहेको दुर्गालक्ष्मी बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (सोवियु) द्वारा नवआगन्तुक विद्यार्थीहरूको स्वागत कार्यक्रम आज (म‌ंगलबार) भव्य रूपमा सम्पन्न भएको छ । चार वर्षे कार्यक्रमअन्तर्गत अध्ययनका लागि भर्ना भएका विद्यार्थीहरूलाई औपचारिक रूपमा स्वागत गरिएको हो ।

कार्यक्रमको अध्यक्षता सोवियु सभापति भुवन महराले गर्नुभएको थियो भने प्रमुख अतिथिका रूपमा क्याम्पस प्रमुख डाक्टर नरेन्द्रबहादुर ऐर रहनुभएको थियो । विशिष्ट अतिथिहरूमा संस्थापक क्याम्पस प्रमुख गिरिराज कडायत, निवर्तमान क्याम्पस प्रमुख डम्बरपाल तथा सुदूरपश्चिम विश्वविद्यालयका कार्यकारी सदस्य हरिकृष्ण कडायत, क्याम्पसका लेखापाल सिद्धराज भट्ट लगायतको सहभागी रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य सोवियु सदस्य तारा भट्टराईले प्रस्तुत गर्नुभएको थियो ।

godawari10 Mahila hinsa
Navadurga sun

सुदूरपश्चिमाञ्चलको मुख्य प्रवेशद्वार नजिक अवस्थित यस क्याम्पसमा हाल करिब २४ सय विद्यार्थी अध्ययनरत रहेका छन् भने ३१ जना प्राध्यापक र ७ जना कर्मचारी कार्यरत छन् । करिब दुई दशकअघि स्थापना भएको क्याम्पसले शैक्षिक, भौतिक तथा व्यवस्थापकीय पक्षमा निरन्तर प्रगति गर्दै आएको जानकारी कार्यक्रम मार्फत दिइयो ।

कार्यक्रममा वक्ताहरूले उच्च शिक्षा आर्जन गरी आफ्नो व्यक्तित्व विकाससँगै देशको समृद्धिमा योगदान पुर्‍याउन विद्यार्थीहरूलाई प्रेरित गरे । आत्ममूल्याङ्कन र आत्मालोचनाको संस्कार विकास गर्दै अभिभावकको सपना साकार पार्ने लक्ष्यका साथ अनुशासन, परिश्रम र सकारात्मक सोचका साथ अघि बढ्नुपर्नेमा जोड दिइयो । शिक्षालाई अमूल्य सम्पत्ति बताउँदै “शिक्षा न त चोरले चोर्न सक्छ, न त धनजस्तै सकिन्छ, न त भागबण्डामा बाँडिन्छ” भन्ने भावसहित ज्ञान र सीप आर्जनमार्फत उज्ज्वल भविष्य निर्माण गर्न आह्वान गरिएको थियो ।

Dadeldhura hospital

प्रमुख अतिथि डा. ऐरले विभिन्न क्याम्पसहरूबाट छनोट गरी यस क्याम्पसमा अध्ययन गर्न आएका विद्यार्थीहरूलाई स्वागत गर्दै यहाँ अनुभवी शिक्षक, गुणस्तरीय शिक्षण पद्धति र शैक्षिक वातावरण रहेको उल्लेख गर्नुभयो । विद्यार्थीहरूको शैक्षिक प्रगति नै स्वागत कार्यक्रमको वास्तविक उपलब्धि हुने उहाँको भनाइ थियो । साथै नयाँ विद्यार्थीहरूको सिकाइ यात्रामा आवश्यक सहयोग र मार्गदर्शन गर्न आफू तथा क्याम्पस प्रशासन सधैं तत्पर रहने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

समापन मन्तव्य व्यक्त गर्दै सभापति महराले सोवियु सबै विद्यार्थीहरूको साझा संस्था भएकाले विद्यार्थीका समस्या, गुनासा र सुझाव सुन्न तथा समाधानका लागि निरन्तर सक्रिय रहने बताउनुभयो । क्याम्पससँग सम्बन्धित मात्र नभई बाह्य समस्याहरू समाधान गर्न समेत सोवियु तत्पर रहने उहाँले उल्लेख गर्नुभयो । मौखिक रूपमा समस्या राख्न नसक्ने विद्यार्थीका लागि सुझाव पेटिकाको व्यवस्था गरिएको जानकारी दिँदै क्याम्पसको समग्र विकासमा सबै विद्यार्थीहरूको रचनात्मक सहभागिता आवश्यक रहेको उहाँले जोड दिनुभयो ।

यस कार्यक्रमले नयाँ विद्यार्थीहरूमा क्याम्पसप्रति आत्मीयता बढाउँदै शैक्षिक वातावरणसँग परिचित गराउने विश्वास आयोजकले व्यक्त गरेका छन् । साथै कार्यक्रममा विद्यार्थीहरुले कविता, नृत्य लगायतका अन्तमा देउडा गीतमा देउडा खेलिएको थियो । कार्यक्रमको सञ्चालन झपी जोशी सोनिया शाह र रोशनी सिंहले गरिन् ।

Loading...