बैंक खाता खोल्ने काममा ढिलाइ नगर्न उम्मेदवारहरूलाई आयोगको ताकेता

काठमाडौं- निर्वाचन आयोगले बैंक खाता खोल्ने कामका ढिलाइ नगर्न प्रतिनिधि सभाका उम्मेदवारहरूलाई ताकेता गरेको छ ।

Dadeldhura hospital

शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगले निर्वाचनको प्रचार-प्रसारसम्बन्धी सबै खर्च सोहि खाताबाट हुनुपर्ने भएकाले बाँकि रहेका उम्मेदवारहरूलाई तत्काल खाता खोल्न सचेत गराएको हो ।

godawari10 Mahila hinsa
Navadurga sun

सार्वजनिक विदाका कारण पनि सो खाता खोल्ने काममा उम्मेदवारहरूलाई असहज हुनसक्ने देखिएको र अब यसलाई ढिलो नगर्न पनि सचेत गराइएको आयोगकी सहायक प्रवक्ता सीता पुन श्रीसले बताउनु भयो । उहाँले उम्मेदवारहरूलाई खाता खोल्ने काममा बैंकहरूलाई सहजीकरण गर्न पनि आयोगले भनिसकेको बताउनु भयो ।

आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा निर्वाचनमा हुने खर्च पारदर्शी बनाउनका लागि उम्मेदवारहरूले बैक खाता खोली सोहि खाताबाट खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।

Loading...