कैलाली-४ मा एमालेको निर्वाचन सम्पर्क कार्यालय उद्घाटन

अत्तरिया- कैलाली क्षेत्र नं. ४ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले क्षेत्रीय निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ। आइतबार आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य उम्मेदवार लेखराज भट्टले कार्यालयको उद्घाटन गरेका हुन्।

उद्घाटन कार्यक्रममा भट्टले कांग्रेससँग मुख्य प्रतिस्पर्धा हुने बताए। पनि अन्य प्रतिस्पर्धीलाई कमजोर नठान्ने स्पष्ट पारे। आफ्नो जित कैलाली-४ मात्र नभई सिङ्गो सुदूरपश्चिमका लागि महत्वपूर्ण हुने दाबी गर्दै उनले प्रदेशमा एमालेले १२ सिट जित्ने दाबी गरे।

Navadurga sun

कार्यक्रममा समानुपातिक प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि शंकर योगी, राष्ट्रियसभा सदस्य लिला भण्डारी, प्रदेशसभा सदस्य धर्मराज पाठक लगायतको उपस्थिति रहेको थियो। अत्तरिया धनगढी रोडमा स्थापना गरिएको कार्यालय मार्फत संगठन सुदृढ गर्दै प्रचार-प्रसार र मतदाता समन्वयलाई तीव्र बनाइने जनाइएको छ।

यस्तै, केन्द्रीय सदस्य सन्तोष शर्माको संयोजकत्वमा मूल निर्वाचन परिचालन समिति गठन गरिएको छ। समितिको उपसचिव भागरथी बिष्ट र निर्वाचन परिचालन समिति सचिवमा गणेश जिमी साउँद रहेका थिए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...