२ करोड ४० लाख खर्चमा सम्पन्न भयो राष्ट्रिय सभा निर्वाचन

Dadeldhura hospital

काठमाडौं- निर्वाचन आयोगले हालै सम्पन्न राष्ट्रिय सभा सदस्यको निर्वाचनको खर्चविवरण सार्वजनिक गरेको छ । आयोगले माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा २ करोड ४० लाख ६९ हजार रुपैयाँ खर्च भएको जनाएको हो ।

उक्त निर्वाचनका लागि ४ करोड ३० लाख ७८ हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । माघ ११ गते राष्ट्रिय सभाका १८ पदका लागि निर्वाचन भएको थियो ।

Loading...