हमास आक्रमणमा ज्यान गुमाएका विद्यार्थी विपिन जोशीको सम्झनामा महेन्द्रनगरमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर- हमासको आक्रमणमा परेर गाजा क्षेत्रमा ज्यान गुमाएका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको सम्झनामा महेन्द्रनगरस्थित एक चोकलाई ‘विपिन चोक’ नामकरण गरिएको छ।

भीमदत्त नगरपालिका–३ अन्तर्गत महिन्द्र राजमार्गबाट ब्रह्मदेव लिंक रोड छुट्टिने चोकलाई ‘विपिन चोक’ नामकरण गरिएको वडाध्यक्ष गगनसिंह धामीले जानकारी दिए। भीमदत्त नगर कार्यपालिकाको निर्णयअनुसार शुक्रबार नगरपालिकाले औपचारिक रूपमा चोक घोषणा गर्दै विपिनको नाम लेखिएको हो।

Navadurga sun

इजरायलमा रहँदा विपिनले आफू मरेर पनि साथीलाई जोगाउने बहादुरी देखाएको स्मरणमा चोकको नामकरण गरिएको वडाध्यक्ष धामीले बताए। भविष्यमा सोही स्थानमा विपिनको शालिक निर्माण गर्ने योजना पनि रहेको उनले जानकारी दिए।

नगर कार्यपालिकाले विपिनलाई शहिद घोषणा गर्न जिल्ला प्रशासन कार्यालयमार्फत संघीय सरकारमा सिफारिस गरेको छ।

दुई वर्षअघि लर्न एण्ड अर्न कार्यक्रम अन्तर्गत इजरायल गएका सुदूरपश्चिम विश्वविद्यालय कृषि संकायका विद्यार्थी विपिन जोशीको हमासको नियन्त्रणमा रहेका बेला मृत्यु भएको थियो। इजरायल–हमासबीच युद्धविरामपछि कात्तिक ३ गते उनको शव नेपाल ल्याइएको थियो।

‘विपिन चोक’ घोषणा कार्यक्रममा विपिनका बुवा महानन्द जोशी, दाइ किशोर जोशी लगायत परिवारजनको उपस्थिति रहेको थियो।

ADD Khali jpg
ADD Khali jpg
Loading...