सुदूरपश्चिमका ४१ प्रतिशत मतदानस्थल अतिसंवेदनशील

अत्तरिया- २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेशका मतदानस्थलहरूलाई सुरक्षा जोखिमका आधारमा वर्गीकरण गरिएको छ। प्रदेशभर रहेका १ हजार १७६ मतदानस्थलमध्ये ४८१ मतदानस्थललाई अतिसंवेदनशील घोषणा गरिएको छ।

Ganyapdhura gau

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढी कैलालीका अनुसार करिब ४१ प्रतिशत मतदानस्थल अतिसंवेदनशील सूचीमा परेका हुन्। यस्तै, ३९५ मतदानस्थल अर्थात् ३३.५८ प्रतिशतलाई संवेदनशील तथा बाँकी ३०० मतदानस्थल अर्थात् २५.५१ प्रतिशतलाई सामान्य वर्गमा राखिएको छ।

Navadurga sun

जिल्लागत रूपमा सबैभन्दा धेरै अतिसंवेदनशील मतदानस्थल कैलालीमा देखिएका छन्। २३७ मतदानस्थल रहेको कैलालीमा १०८ मतदानस्थल अतिसंवेदनशील, १०६ संवेदनशील र २३ सामान्य मानिएका छन्।

कञ्चनपुर जिल्लाका १३२ मतदानस्थलमध्ये ६६ अतिसंवेदनशील, ४० संवेदनशील र २६ सामान्य वर्गमा परेका छन्।

डोटी जिल्लामा रहेका ११८ मतदानस्थलमध्ये १३ अतिसंवेदनशील, ४४ संवेदनशील र ८१ सामान्य सूचीमा राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

Dadhaldhura pur

अछाम जिल्लाका १३० मतदानस्थलमध्ये ६६ अतिसंवेदनशील, ५० संवेदनशील र १४ सामान्य छन्।

डडेल्धुरा जिल्लामा रहेका १०४ मतदानस्थलमध्ये ३३ अतिसंवेदनशील, ३४ संवेदनशील र ३७ सामान्य मानिएका छन्।

दार्चुला जिल्लाका ११२ मतदानस्थलमध्ये १५ अतिसंवेदनशील, ३२ संवेदनशील र ६५ सामान्य सूचीमा परेका छन्।

बैतडी जिल्लामा रहेका १२९ मतदानस्थलमध्ये ३३ अतिसंवेदनशील, २८ संवेदनशील र ६८ सामान्य छन्।

प्रतिशतका आधारमा सबैभन्दा बढी अतिसंवेदनशील मतदानस्थल बाजुरामा देखिएका छन्। बाजुरामा रहेका ७७ मतदानस्थलमध्ये ६२ अर्थात् ८०.५१ प्रतिशत मतदानस्थल अतिसंवेदनशील सूचीमा परेका छन्। यस जिल्लामा संवेदनशील मतदानस्थल १२ रहेका छन् भने सामान्य मतदानस्थल तीनवटा मात्रै रहेका छन्।

यस्तै, बझाङ जिल्लामा पनि सामान्य मतदानस्थलको संख्या न्यून छ। १३७ मतदानस्थल रहेको बझाङमा ८५ मतदानस्थल अर्थात् ६२ प्रतिशत अतिसंवेदनशील छन् भने १२ मतदानस्थल संवेदनशील सूचीमा रहेका छन्। सामान्य मतदानस्थल तीनवटा मात्रै रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गराउन सुरक्षा निकायले जोखिमका आधारमा विशेष सुरक्षा योजना लागू गर्ने जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...