काँग्रेसद्वारा पार्टी छाडेकालाई फर्कन आह्वान

काठमाडौँ- नेपाली काँग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका तथा पार्टी छाडेका नेता–कार्यकर्तालाई पुनः कांग्रेसमा फर्कन आह्वान गरेको छ।

सभापति गगन थापाको नेतृत्वमा आज बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीबाट अलग भएका सबैलाई पुनः पार्टीमा आबद्ध हुन आग्रह गरेको हो।

Navadurga sun

बैठकले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयलाई संविधान, कानुन र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरेकोमा निर्वाचन आयोगप्रति आभार व्यक्त गरेको छ।

एकता, सद्भाव र सहकार्यमा जोड दिँदै बैठकले देश–विदेशमा रहेका सबै कांग्रेसीलाई नवीन ऊर्जाका साथ आगामी फागुन २१ गते हुने निर्वाचनमा सशक्त रूपमा सहभागी हुन आह्वान गरेको छ।

बैठकले निवर्तमान सभापति शेरबहादुर देउवालगायत कांग्रेस नेतृत्वमा रही लामो समयदेखि योगदान पुर्‍याएका नेताहरूको उच्च कदर गर्दै धन्यवाद व्यक्त गरेको छ। साथै, भविष्यमा पनि उहाँहरूबाट पार्टीका लागि अभिभावकीय भूमिका रहने विश्वास व्यक्त गरिएको छ।

पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले अब कुनै पनि दलसँग अप्राकृतिक गठबन्धन वा सत्ताकेन्द्रित सम्झौता नगर्ने निर्णयसमेत गरेको छ। रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...