कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ

कञ्चनपुर- कञ्चनपुरमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

जिल्लाको भीमदत्त नगरपालिका–३ तिलकपुर बस्ने ३६ वर्षीय दिनेश दमाई लागूऔषधसहित शुक्रवार पक्राउ परेका हुन्। शंका लागि दमाईको घरमा खाँनतलासी गर्दा २५० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुर र अस्थायी प्रहरी पोष्ट नौलाखेत, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...